Logo

रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता, डिजिटल कारोबारका लागि लाभदायक हुने विश्वास

रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता, डिजिटल कारोबारका लागि लाभदायक हुने विश्वास



काठमाडौं। बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तिय प्रविध) उत्पादन गर्दै आएको एफवान सफ्ट र रिलायन्स फाइनान्सबीच मोबाइल बैंकिङकालागि सम्झौता भएको छ।

फाइनान्सका सिइयो अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्टाका सिइयो सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरपछि एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रिलायन्स् फाइनान्स्सँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका छन्। ‘हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’, उनले भनेका छन्।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबाईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुने विश्वास दुवै पक्षले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL