Logo

हुवावेको नयाँ योजना, मोबाइल महोत्सव भर होलीको माहौल

हुवावेको नयाँ योजना, मोबाइल महोत्सव भर होलीको माहौल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ माघ, काठमाडौं । हुवावे मोबाइलको एक मात्र अधिकृत बितरक टेलि टू प्रालिले मोबाइल महोत्सव २०१५ को अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।

यहि फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना गरिने सामसुङ मोबाइल महोत्सव २०१५ को अवसर पारेर होली महोत्सवको योजना ल्याएको हो । कम्पनीले मोबाइल महोत्सवअवधि भर हुवावेको विभिन्न मोडलका मोबाइलहरुको खरिदमा आकर्षक छुट तथा उपहारहरु दिने जानकारी दिएको छ ।

हुवावेको न्यूरोड क्षेत्रको अधिकृत वितरक टेलि टूले विशेषगरी अनर होली मोबाइलको खरिदमा विभिन्न उपहार तथा छुटको योजना राखेको जानकारी दिएको छ । कम्पनीका निर्देशक रोशन बिष्टले चीनियाँ कम्पनी हुवावे अहिले विश्वको प्रमुख ५ मोबाइल कम्पनीअन्तरगत रहेको भन्दै नेपालमा पनि यो ब्राण्डका मोबाइलहरुको माग निकै भएको बताए । बस्नेतले न्यूरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको दाबी गरे ।

हुवावेको अनर होली मोडलको मोबाइलको अधिकतम खुद्रा मुल्य १३ हजार ९ सय ९९ रुपैंया रहेको छ । अनर होलीमा एचडी डिस्प्ले, थ्रीजी सिम सपोर्ट, १ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ । यो फोनमा ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । २ हजार एमएएच क्षमताको ब्याट्री रहेको हुवावेको अनर होली युवापुस्ता माझ निकै लोकप्रिय कम्पनीले जानकारी दिएको छ ।

सामसुङ मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोपराइटर गुरुदत्त शर्माले महोत्सव अवधिभर सामसुङ र हुवावेको मोबाइलहरुको धेरै विक्री हुने जानकारी दिए । उनले महोत्सवअवधिभर हुवावेका ४ हजार भन्दा बढि मोबाइल सेट विक्री हुने दाबी गरे ।

महोत्सवअवधिभर ताम्राकार कम्प्लेक्ससहित न्यूरोड क्षेत्रमा रहेका अन्य कुनैपनि पसलबाट ग्राहकहरुले हुवावेको अनर होली मोबाइल खरिद गर्दा आकर्षक छुट प्राप्त गर्नेछन् । हुवावेको न्यूरोड क्षेत्रका पसलहरुमा अनर होली, मेट सेभेट, मेट सेभेन गोल्ड, अनर सिक्स तथा अनर थ्री सीलगायतका मोडलहरुको माग निकै रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL