Logo

बाढी प्रभावित क्षेत्रमा एनसेलले यसरी गरायो ‘अलर्ट’, एक हप्तामा ६०लाख पूर्व सूचना एसएमएस प्रेषित

बाढी प्रभावित क्षेत्रमा एनसेलले यसरी गरायो ‘अलर्ट’, एक हप्तामा ६०लाख पूर्व सूचना एसएमएस प्रेषित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले एक हप्तामा ६० लाख भन्दा बढी बाढीपहिरो सम्बन्धी पूर्वसूचना पठाएको छ । कम्पनीले साउन २४ देखि साउन ३० सम्ममा बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई पूर्वसूचना पठाएको हो ।

एनसेलले शनिबार, आइतबार र सोमबारमा पश्चिम राप्ति, बबई, पुर्व राप्ति नदी रजैया, बागमति (रौतहट र सर्लाही) को तटिय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकलाई ५० लाख एसएमएर्स पठाएको जानकारी दिएको छ ।

त्यस्तै आइतबार लगातारको अविरल वर्षा पछि विभिन्न नदिमा बढेको पानीको बहाबका बारेमा एनसेलले ३५ लाख ७० हजार भन्दा बढि पूर्व सूचनाका एसएमएसहरु बाढीबाट प्रभावित हुने स्थानका ग्राहकहरुलाई पठाएको थियो ।

एसएमएस मार्फत पश्चिम राप्ति नदीको कुसुमको जल सतह खतराको तह भन्दा माथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो । त्यस्तै बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब खतरा तह भन्दा निकै माथि पुगेको तथा बागमति नदीको तल्लो तटीय क्षेत्र (रौतहट, सर्लाही) मा भारी वर्षा भएकोले नदीको तटीय र डुबान भईरहने क्षेत्रमा रहनेहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको थियो ।

नदीमा पानीको जलसहतको स्थिती अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ ।

‘पानीको सहत खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन्’ एनसेलका कर्पोरेट सर्भिस निर्देशक प्रणय आचार्यले भने ।

त्यस्तै पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउदछन् । नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएसहरु पठाउने उनले जानकारी दिए ।
एनसेलले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गतवर्ष जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरको थियो । सोही अनुरुप बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी का लागि एसएमएस प्रदान गर्दै आएको छ ।

समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँदछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL