Logo

एनसेलले ल्यायो ‘नयाँ एसएमएस प्याक’, ३ पैसामै पठाउनुस म्यासेज

एनसेलले ल्यायो ‘नयाँ एसएमएस प्याक’, ३ पैसामै पठाउनुस म्यासेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

१५ दिनसम्म चल्ने ‘नयाँ एसएमएस प्याक’ आज बाटै लागू भएको हो । यो प्याक अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार रु ५ (कर सहित) मा १५० एसएमएस वा रु २५ (कर सहित) मा १ हजनार एसएमएस सेवा लिन सकिने छ । कम्पनीका अनुसार २५ रुपैयाँमा १ हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रतिएसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना सुचारु गर्न सक्छन् । एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् । यसकालागि १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समागई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै १ हजार एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यीदुबै प्याक सुचारु भएको दिन देखि ३० दिनको लागि मान्य रहनेछ ।

बढ्दो संचार आवश्यकतालाई मध्यनज गर्दै एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि नयाँ एसएमएस प्याक योजना ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । यसले हाम्रा ग्राहकलाई अझ सुलभ दरमा म्यासेजको सम्पर्कमा रहन मद्दत पुर्याउने उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL