Logo

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, भ्वाईस सेवा प्रतिमिनेट २५ पैसामा

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, भ्वाईस सेवा प्रतिमिनेट २५ पैसामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलका नम्बरमा कर सहित २५ पैसा प्रतिमिनेट फोन गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजना सोमबार आजदेखि लागु हुनेछ । यो योजना ३ महिनासम्म लागू हुनेछ । यस योजना अन्र्तगत हालकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । उदाहरणका लागि ११ रुपैयाँमा ११मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा आगामी दिमा २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् , जुन २४ घण्टाको लागि मात्र मान्य हुनेछ ।

साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले ६० रुपैयाँमा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले २ सय रुपैयाँमा ४०० मिनेटको सट्टा ८०० मिनेट प्राप्त गर्नेछन् ।

ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमा दुई अफर’ लाभलिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् ।
युएसएसडीबाट सेवा सुचारु गर्नग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न दैनिकका ११, साप्ताहिकमा ६० र मासिक सेवामा २०० टाइप गरी १७११८ माएसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।

सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मूल्य प्रदानगर्न यो अफर ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । साथै
सुलभ दरमा उत्कृष्ट सेवा प्रदानगर्ने कम्पनीको प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL