Logo

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना, अब हरेक रिचार्जमा दोब्बर बोनस डेटा पाइने

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना, अब हरेक रिचार्जमा दोब्बर बोनस डेटा पाइने



काठमाडौं । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटा पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुष २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो ।

laxmi

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले
यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL