Logo

अजियाटाले बेच्यो एनसेलमा रहेको ८० प्रतिशत सेयर, नेपाली साझेदारकै हातमा

अजियाटाले बेच्यो एनसेलमा रहेको ८० प्रतिशत सेयर, नेपाली साझेदारकै हातमा



काठमाडौं । गत बुधबार मात्रै एनसेलबाट हात झिक्ने निर्णय गरेको एनसेलको प्रमुख लगानीकर्ता अजियाटाले आफुसँग भएको ८० प्रतिशत सेयर बेचेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अजियाटा समुहले आफ्नो हिस्सामा भएको उक्त सेयर स्पेक्ट्रलाईट युकेलाई बेचेको घोषणा गरेको हो ।

laxmi

अजियाटा समुहले शुक्रबार मात्रै आफ्नो हिस्सामा भएको उक्त सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरी सेयर पर्चेज एग्रिमेन्ट भएको बताएको हो । यसरी अजियाटाले आफ्नो हिस्सामा भएको सेयर खरिद गर्ने कम्पनी भने नेपाली साझेदारकै लगानीको कम्पनी भएको बुझिएको छ ।

स्पेक्ट्रलाईट युके हाल एनसेलमा २० प्रतिशत सेयर लगानी भएको नेपाली साझेदार सुनिभेराका संचालक सतिश आचार्य नै संचालक रहेको कम्पनी हो । त्यसैले पनि यो अजियाटाको बाँकी रहेको ८० प्रतिशत सेयर सामित्व पनि सतिश आचार्यले नै खरिद गरेपछि अब एनसेलको सम्पुर्ण लगानी उनकै पोल्टामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL