Logo

अजियाटाको एनसेल बेच्ने घोषणापछि प्राधिकरणको स्पष्टिकरण, कति हिस्सा कसलाई बेच्ने डिटेल दिनु

अजियाटाको एनसेल बेच्ने घोषणापछि प्राधिकरणको स्पष्टिकरण, कति हिस्सा कसलाई बेच्ने डिटेल दिनु



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मलेसियन कम्पनी अजियाटालाई एनसेलमा रहेकाे आफ्नो हिस्साको सेयर बेच्नुअघि प्राधिकरणको स्वीकृत लिन निर्देशन दिएकाे छ । केहि समय अघि मात्रै अजियाटाले नेपालमा संचालित दूरसंचार कम्पनी एनसेलबाट हात झिक्ने निर्णय गरेको थियो । सोही निर्णयमाथि प्राधिकरणले स्पष्टिकरण सोद्धै पूर्व स्वीकृति लिनुपर्ने भनी जानकारी दिएको हो ।

laxmi

दूरसंचार नियमावलीले नै व्यवस्था गरेअनुरुप कुनै दूरसंचार कम्पनीले आफ्नो हिस्साको सेयर विक्री गर्न वा खरिद गर्न लागेको अवस्थामा त्यसका लागि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । सोही नियमावलीको पालना गर्नका लागि अजियाटालाई निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘हामीले आजै मात्रै पत्र लेखेर अजियाटालाई सेयर बेच्नुअघि हामीकहाँबाट स्वीकृति लिन सम्झाएका छौं,’ उनले भने, ‘यसका लागि कम्पनीले कुन कम्पनीलाई कति सेयर बेच्ने हो सोही अनुसार स्वीकृति लिनुपर्छ ।’

गत बुधबार बिहान मात्रै एनसेलको प्रमुख लगानीकर्ता मलेसियाको अजियाटाले एनसेलको सेयर विक्री गर्ने निर्णय गरेको थियो । हाल एनसेलमा यो कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व छ भने नेपाली साझेदारको २० प्रतिशत मात्रै सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस्
MBL