Logo

लगानी फिर्ता लैजाने अजियाटाको निर्णयमा उच्च अदालतको कारण देखाउ आदेश, मंसिर २५ मा पेशी

लगानी फिर्ता लैजाने अजियाटाको निर्णयमा उच्च अदालतको कारण देखाउ आदेश, मंसिर २५ मा पेशी



काठमाडौं । दूरसंचार कम्पनी एनसेलमा रहेको लगानी फिर्ता लैजाने मलेसियन कम्पनीको निर्णयमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ ।

laxmi

यसअघि उच्च अदालत पाटनमा गोकुल बहादुर रोकायाले एनसेलमा भएको लगानी फिर्ता लैजाने अजियाटा कम्पनीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा शुक्रबार न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश दिएको हो । यसअघि बुधबार बिहान मात्रै मलेसियन कम्पनी अजियाटाले नेपालमा विग्रँदो अर्थतन्त्रका कारण लगानी फिर्ता लैजाने निर्णय गरेको थियो । एनसेलमा अजियाटा कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व छ ।

तर, अदालतले भने त्यो निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनेरनदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्ने बताएको छ । सोही अनुसार दुबै पक्षको राय सुन्न भन्दै आगामी २५ गतेका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL