काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध भएको छ । बैंकले एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना नेपाल पे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।