काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेशनलबीच संयुक्त कार्यक्रमको आयोजना गरिएको छ । नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न अन्तरराष्ट्रिय भुक्तानी प्रणालीहरुको विशेष भुमिकालाई जोड दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित , नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा नेपाल असोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमार मणी थपलियाज्, होटल असोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महतलगायतको उपस्थिती थियो ।
यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तज्यू, अलीपे प्लसका देशिय निर्देशक सिट्टिपोङ्ग किट्टिप्रापापोङ्ग, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलगायत विभिन्न बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
एनसीएचएल र एण्ट इन्टरनेश्नलले गत वर्ष कार्तिक महिनामा नेपालपे क्यूआर र अलीपे प्लसबीच क्रस–बोर्डर भुक्तानीको शुरुवात गरेका थिए । उक्त क्रस–बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढि अन्तर्राष्ट्रिय डोमेस्टिक इ–वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालमा नेपालपे क्यूआरको नेटवर्कमा रहेका १२ लाख भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने अवस्था रहेको छ ।