Logo

केसीएन नेटको अनुमतिपत्र खारेज, समयमै बुझाउन सकेन नविकरण दस्तुर

केसीएन नेटको अनुमतिपत्र खारेज, समयमै बुझाउन सकेन नविकरण दस्तुर



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इमेलसहित इन्टरनेट सेवाको अनुमतिपत्र पाएको केसीएन नेट प्रालिका लाइसेन्स खारेज गरिदिएको छ । कम्पनीले लाइसेन्स नविकरणका लागि नियमानुसार निवेदन पठाउन नसकेपछि प्राधिकरणले कम्पनीको लाइसेन्स नै खारेज गरिदिएको हो ।

laxmi

यस्तै प्राधिकरणले उक्त कम्पनीलाई हालसम्म प्राधिकरणमा तिर्न, बुझाउन बाँकी केहि रकम भए बुझाउनसमेत ताकेता गरेको छ । प्राधिकरणलाई बुझाउनुपर्ने रकम नियमानुसार नबुझाए सरकारी बाँकीसरह असुल गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL