काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा १० अंकले घट्दै बन्द भएको हो ।
आज कुल ३ सय २१ कम्पनीका १ करोड ५८ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १६ करोड १८ लाखमा खुम्चिएको छ । आज कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८९ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।
आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक उकालो लाग्दा बाँकी समुहको परिसुचकमा गिरावट आएको छ ।