Logo

नेरुडे र उपकार लघुवित्त नागरिक लगानीकोसको पेन्सन योजनामा आवद्ध

नेरुडे र उपकार लघुवित्त नागरिक लगानीकोसको पेन्सन योजनामा आवद्ध



काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन्।

नेरुडे लघुवित्तमा करिब १ हजार १ सय जना कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका छन्। कोषको यस योजनामा संगठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीहरू योगदानमा वा गैर–योगदानमा आधारित भएर सहभागी हुन सक्छन्।

सोही व्यवस्था अनुसार दुवै लघुवित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन्। यसअघि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि यो योजनामा आवद्ध भइसकेको छ।

कोषले २०५५ सालदेखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थाका कर्मचारी तथा कामदारको उपदान रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने व्यवस्था छ। हाल यस योजनामा १ हजार १५० संगठित संस्था तथा करिब ३३ हजार कर्मचारी सहभागी छन्।

व्यक्तिगत रूपमा सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण, घर सजावट लगायतका कर्जा सुविधा पाउने व्यवस्था रहेको कोषले जनाएको छ। साथै, सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक आवश्यकता अनुसार सरल कर्जा सुविधा समेत प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्