काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय अवस्था अनुसार अघिल्लो आवको तुलनामा बैंकको आएको छ ।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंकको नाफा ९६५.४० प्रतिशतले नाफा बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
बैंकको अनुसार अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा खु्द ब्याज आम्दानी ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा भने ९९.४४ प्रतिशतले बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ४.४४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्र्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।