Logo

एनसेलका प्रिपेड प्लानहरु सार्वजनिक, ९९ रुपैयाँमै यति धेरै सुविधा

एनसेलका प्रिपेड प्लानहरु सार्वजनिक, ९९ रुपैयाँमै यति धेरै सुविधा



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु सार्वजनिक गरेको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्नेगरी विभिन्न प्लानहरु सार्वजनिक गरेको हो ।

laxmi

नयाँ प्रिपेड प्लान अन्तर्गत ३ वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मसिर ४) देखि संचालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन् ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् ।

सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् ।

त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् ।

यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म रु २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १००, ५०० र १००० रुपैयाँका ३ प्लानहरु प्रदान गर्दै आएको छ । १०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । ५०० रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै १००० रुपैयाँको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL