Logo

नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीएसमा आबद्ध, अब सम्पुर्ण भुक्तानी अनलाइनबाटै

नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीएसमा आबद्ध, अब सम्पुर्ण भुक्तानी अनलाइनबाटै



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल पेमेन्ट स्वीच (एनपीएस)बीच समझौता भएको छ । कम्पनीको भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गर्न एनपीएससँग सम्झौता भएको हो ।

laxmi

सम्झौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ ।

यसमार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यस्तै नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै नेपाल लाईफले एनपीएसमा उपलब्ध अन्य उपकरणहरुको प्रयोग गरी थप नयाँ सेवाहरु पनि ल्याउने कार्य अगाडि बढाउन सकिनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कं.लि.ले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्याउने र नेपाललाई आर्थिक समृद्धी तर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ । कम्पनी ले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गर्दै डिजिटल माध्यमहरुको प्रयोग बाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु रहेका छन् । एनसीएचएलसँगको यस सहकार्यले नेपाल लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरु सुचारु गर्न पनि थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL