Logo

हुवावे र वेबसर्फरबीच साझेदारी, हुवावेले वेबसर्फरमा प्राविधिक लगानी गर्ने

हुवावे र वेबसर्फरबीच साझेदारी, हुवावेले वेबसर्फरमा प्राविधिक लगानी गर्ने



काठमाडौं । इन्टरनेट सेवाप्रदायक वेबसर्फर र आइसीटी पूर्वाधार प्रदायक हुवावेबीच सम्झौता भएको छ । नेपालमा इनटरनेटसँग डिजिटल रूपान्तरणका लागि भन्दै दुबै कम्पनीले एक आपसमा पार्टनरसीप सम्झौता गरेका हुन् । उक्त औपचारिक सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन ल्याउने भएका छवन् । यसै वर्षदेखि वेबसर्फरलाई एण्ड टुएण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्नेछ ।

यो पार्टनरसीपले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुबै कम्पनीहरू सहमत छन् – यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर आर एन्ड डी लगानीको परिणाम हो र फलस्वरुप यसको छिटो बढ्दो प्रयोगकर्ता आधार छ । ह्वावेले वेबसर्फरलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । थप, ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ । ‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन(विन लाभहरू सिर्जना गर्नेछ,’ ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, ‘हामी वेबसर्फरको लागि एक फ्युचर(प्रुफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर(एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्,’ उनले थपे ।

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री यो नयाँ साझेदारीबाट उत्साहित छन् । ‘बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धी बिनाको प्रविधिको लिडर रहेको छ । हामी ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,’ उनले भने । ‘यस पार्टनरसीपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसंगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL