Logo

बढ्यो हुवावेको व्यापार, तेस्रो त्रैमाससम्म हुवावेले कमायो ४ खर्ब ५६ अर्ब युआन

बढ्यो हुवावेको व्यापार, तेस्रो त्रैमाससम्म हुवावेले कमायो ४ खर्ब ५६ अर्ब युआन



काठमाडौं । चिनियाँ टेक जाइन्ट हुवावेले चालु बर्ष २०२३ को पहिलो तीन त्रैमासमा ४ खर्ब ५६ अर्ब युआन राजस्व आर्जन गरेको छ । कम्पनीले चालु बर्षको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

laxmi

कम्पनीका अनुसार चालु बर्षको पहिलो ३ महिनाको राजस्व आर्जन वार्षिक रूपमा २.४ प्रतिशतले वृद्धि भएको छ । त्यसको १६ प्रतिशतको खुद नाफा मार्जिनसँग छ ।

ूहुवावेका अध्यक्ष केन हुले कम्पनीको नाफा आर्जनको नतिजा कार्यसम्पादन पूर्वानुमान अनुरूप नै भएको बताए । २०२२ मा, हुवावेले अमेरिकी डलर ९३.५ अर्ब राजस्व र अमेरिकी डलर ५.२ अर्ब खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL