Logo

एनसेलको चुनाव लक्षित आकर्षक डेटा अफर, बोनस स्वरुप ५०० एमबीसम्म डाटा पाईने

एनसेलको चुनाव लक्षित आकर्षक डेटा अफर, बोनस स्वरुप ५०० एमबीसम्म डाटा पाईने



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

एप मार्फत ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २ सय एमबी डेटा पाउँछन् । त्यसैगरी २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । कर सहित १६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरि यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र १२९ रुपैयाँमा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् । एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL