Logo

एनसेलले ल्यायो ‘नयाँ वर्षमा डबल योजना’, पुरानै मूल्यमा डबल डेटा प्याक पाईने

एनसेलले ल्यायो ‘नयाँ वर्षमा डबल योजना’, पुरानै मूल्यमा डबल डेटा प्याक पाईने



काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ बर्षमा डबल योजना सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्नेगरी उक्त योजना सार्वजनिक गरेको जानकारी दिएको हो । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि ल्याएको यस आर्कषक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।

laxmi

यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ ।

डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजना अन्तर्गत ग्राहकले ४ सय ९९ रुपैयाँमा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजना अन्तर्गत मात्र ४ सय ९९ रुपैयाँमा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै १ सय ३९ रुपैयाँमा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसिमा रहेको ४ सय एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको सय ५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले ४२ रुपैयाँमा ८ सय एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा १८ रुपैयाँमा ३ सय एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन् । १ दिनको समयसिमा रहेको १ सय ५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवा अन्तर्गत ४० मा ३ सय एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६ सय एमबी डेटाको मजा लिन सक्छन् ।

यति मात्र हैन, नयाँ वर्षको यो योजना अन्तर्गत ५० रुपैयाँ वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ । ५० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १ सय देखि १ सय ९९, २ सय देखि २ सय ९९, ३ सय देखि ४ सय ९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश १ सय एमबी, २ सय एमबी, ३ सय एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

त्यसैगरी ५ सय देखि ९ सय ९९ को रिचार्जमा ग्राहकले ५ सय एमबी बोनस डेटा तथा १ सय वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १ हजार एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्दछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ७८ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म संचालनमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL