Logo

‘ग्लोबल इकोनोमी रिकभरी’मा जित्दै चीन, बर्षको अन्तसम्म चीनको अर्थतन्त्र १४.६ ट्रिलियन डलर पुग्ने

‘ग्लोबल इकोनोमी रिकभरी’मा जित्दै चीन, बर्षको अन्तसम्म चीनको अर्थतन्त्र १४.६ ट्रिलियन डलर पुग्ने



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्व हाल नयाँ किसिमको भाईरसका कारण संकटतर्फ गईरहेको अवस्थामा चीन भने आफ्नो अर्थव्यवस्थालाई पुर्नस्थापित गर्न लागिपरेको छ । चीनले हाल आफ्नो अर्थव्यवस्थालाई माथि उकास्नका लाथि विभिन्न किसिमका क्रियाकलापसँगै प्याकेजसमेत ल्याएको छ ।

विश्व कोरोना महामारीको अवस्थामा रहेको अवस्थमा आर्थिक मन्दीबाट जोगाउने एकमात्रै राष्ट्र भनेको विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन थियो । विश्व बैंकले हालै जारी गरेको एक नयाँ प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिँदा चीनको जिडीपी भने १ दशमलव ६ प्रतिशतले उकालो लाग्नेछ ।

चीनले कोरोना भाईरसको प्रकोप बढिरहँदा आफ्ना मानिसहरुलाई कोरोना संक्रमण हुनेवित्तिकै कडा लकडाउन र कन्टयाक्ट ट्रेसिङलाई विशेष ध्यान दिएर पहिलेकै अवस्थामा पुर्याएको थियो । सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाईराख्न विभिन्न स्टिमुलस प्याकेजसहित विभिन्न सहुलियतका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।

चीनले गत हप्तामात्रै पर्यटनका लागि गोल्डेन होलिडे मनाएको छ । विश्व बैंकको तथ्यांकलाई विश्लेषण गर्दै अन्तरराष्ट्रिय संचारमाध्यम सीएनएनले चालु बर्षको अन्तिम समयमा विश्व जिडीपीमा चीनको हिस्सा मात्रै १ दशमलव १ प्रतिशतले उकालो लाग्ने बताएको छ । जुन अमेरिकाले सन २०१९ मा कमाएको भन्दा ३ गुणा बढी हो । तर, अमेरिका र युरोपको भने यो बर्ष विश्व जिडीपीमा योगदानको हिस्सा केही घटनेछ ।

तर, विभिन्न तथ्यांकहरुलाई मान्ने हो भने यो बर्षको अन्त्यसम्म चीनको अर्थतन्त्र १४ दशमलव ६ ट्रिलियन डलरको हुनेछ जुन विश्व जिडीपीको १७ दशमलव ५ प्रतिशत हो । कोरोना भाईरसको महामारीका कारण केही अप्ठ्यारो अवस्था सिर्जना भएपनि विश्वबजारमा चीनको प्रभाव भने घटिसकेको छैन । चीनले हाल आफ्नो अर्थव्यवस्थालाई कडा रुपमा लिनेभन्दा पनि रिकभरीलाई बढी नै ध्यान दिएको छ ।

चीनले आफ्ना विभिन्न चाडपर्वहरुलाई समेट्दै पर्यटन गोल्डेन विक घोषणा गर्याे । जसमार्फत देशभर ६ सय ३० मिलियन बढी पर्यटकहरु ओहोरदोहोर गरेका छन् । यो गत बर्षको सोही अवधिको संख्याका आधारमा ८० प्रतिशत नजीक हो । उक्त समयमा पर्यटकहरुले ७० बिलियन बढी खर्च गरेका छन् भने ५ सय ८० मिलियन बढीको त सिनेमा टिकटमात्रै खरिद गरेका छन् ।

गोल्डेन होलिडेसँग चीनका विभिन्न साना तथा ठूला व्यवसायहरुले आफ्नो गतिलाई तीव्र बनाएका छन् । चीनका उत्पादनमुलक उद्योगहरु झन् राम्ररी सप्रिएको चीनस्थित एक मिडिया ग्रुपको अध्ययनले देखाएको छ । यसले पनि चीन आफ्नो अर्थतन्त्रलाई थप रिकभरी गर्नतिर लम्केको देखाएको छ ।–सिएनएनएबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL