Logo

सुन खरिदका लागि स्वर्ण समय आउँदै, आगामी सेप्टेम्बरसम्म सुनको मूल्य घटेर १६६० डलर प्रतिऔंसमा झर्ने

सुन खरिदका लागि स्वर्ण समय आउँदै, आगामी सेप्टेम्बरसम्म सुनको मूल्य घटेर १६६० डलर प्रतिऔंसमा झर्ने



काठमाडौं । यसअघि भविष्यवाणी गरिएको सुनको मूल्य २ हजार डलर प्रतिऔंस गत हप्ता पुग्यो । र पुनः सुनको मूल्य ओरालो लाग्दै १ हजार ८ सय ७४ डलर प्रतिऔंस सम्म पुग्यो । यसरी सुनको मूल्यमा भईरहेको उत्तारचढावका आधारमा आगामी सेप्टेम्बरको अन्त्यसम्म सुनको मूल्य घट्दै प्रतिऔंस १ हजार ६ सय ६० डलर पुग्ने अनुमान गरिएको छ । जसलाई सुन खरिदका लागि स्वर्ण समयसमेत मानिएको छ ।

laxmi

सुनलगायत अन्य बहुमूल्य धातुहरुको मूल्य लगातार रुपमा घटबढ भईरहन्छ । जसको उदाहरण हो पछिल्लो समयको मूल्य । एकैचोटी बढेर उचाईमा पुगेको सुनको मूल्य पुनः ओरालो लाग्न सुरु गरेको छ । यसैगरी सुनको ओरालो लाग्ने क्रम आगामी ५ देखि ६ हप्तासम्म चल्ने अनुमान गरिएको छ ।
नेपालकै अवस्था हेर्ने हो भने पछिल्लो ६ महिनामा मात्रै सुनको मूल्य ४० हजार बढीले वृद्धि भएको थियो ।

आईतबार भने नेपाली बजारमा सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । लगातार बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर अन्तररष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर परेको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्यमा शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँको गिरावट आएको छ ।

यस्तै आईतबार चाँदीको मूल्य १ हजार ३ सय २५ रुपैयाँ प्रतितोला पुगेको छ । नेपालमा करिव २ हप्ताअघि सुनको मूल्य प्रतितोला १ लाख नाघ्ने प्रक्षेपण गरिएको थियो । सोहीअनुसार मूल्यमा वृद्धि पनि भयो । तर अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने प्रक्षेपण गरेसँगै नेपालमा पनि यसको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । – अन्तराष्ट्रिय मिडिया तथा विश्लेषकका धारणामा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL