Logo

जीडीपीमा कृषि र उद्योगको योगदान घट्यो, बैंक र पर्यटनको बढ्यो

जीडीपीमा कृषि र उद्योगको योगदान घट्यो, बैंक र पर्यटनको बढ्यो



काठमाडौं । कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) मा गणना भएका प्रमुख १५ परिसुचकमध्ये ९ वटा क्षेत्रको योगदान घटेको छ । केन्द्रिय तथ्याङ विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षमा ९ बस्तुको योगदान घटेको हो ।

तथ्याङ्क अनुसार कृषि तथा बन, उद्योग, विद्युत, थोक तथा खुद्रा व्यापार, शिक्षालगायत ९ वटा क्षेत्रको योगदान घटेको हो । जीडीपीमा मुख्य योगदान रहको कृषि क्षेत्रमा सबैभन्दा बढि गिरावट आएको छ । गत आबमा जीडीपीमा २८ दशमलव २५ प्रतिशत योगदान रहेकोमा चालू आबमा आईपुग्दा १ प्रतिशतभन्दा बढिले गिरावट आउँदै २७ दशमलव १ प्रतिशतमा सिमित भएको छ । यस पटक धानको उत्पादनमा गिरावट आएका कारण कृषि क्षेत्रको योगदान घट्न पुगेको विभागले जानकारी दिएको छ ।

यसैगरी केही समययता गिरावट लागेको उद्योग क्षेत्रको योगदान यसपटक पनि खस्केको छ । सरकार तथा निजी क्षेत्रले देशमा औद्योगिक वातावरण निर्माण गर्न उद्घोष गर्दैै आएपनि जीडीपीमा सो क्षेत्रको योगदान भने बढ्न सेकेको छैन । गत आबमा ५ दशमलव ५५ प्रतिशत योगदान दिएको सो क्षेत्रले चालू आबमा ५ दशमलव ५ दशमलव ३९ प्रतिशतमा सिमित भएको छ ।

तर, चालू आबमा आईपुग्दा बैंक, पर्यटन, रियल स्टेट, संचार, निर्माण लगायत ६ वटा क्षेत्रमा भने सुधार आएको छ । गत आबको जीडीपीमा ५ दशमलव ६९ प्रतिशत योगदान दिएको वित्तीय क्षेत्रले यस पटक ६ दशमलव ३३ प्रतिशत पुगेको छ । यसैगरी राज्य र निजी क्षेत्रको प्राथमिकतामा परेको होटल तथा रेष्टुराँजस्ता पर्यटन क्षेत्रको योगदानमा पनि बृद्धि भएको छ । सो क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक र आन्तरिक पर्यटकको बृद्धिसँगै जीडीपीमा योगदान बढेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL