Logo

ती देशहरु जहाँका मानिस लामो समय काममा बिताउँछन्

ती देशहरु जहाँका मानिस लामो समय काममा बिताउँछन्


बिजखबर संवाददाता
54
Shares

विश्वमा सबै भन्दा बढी कुन देशका नागरिकले काममा बढी र कम समय विताउलान? यो धेरैको चासोको विषय बन्न सक्छ । किनकी धेरै काम गर्ने नागरिक भएको देश नै विकशित हुन्छन् भन्ने मानसिकता धेरैमा छ ।

हालै सार्वजनिक एक अध्ययनका अनुसार मेक्सिकोका मानिसहरु अन्य देशका मानिसहरुभन्दा बढि समय काममा बिताउने गरेका पाइएको छ ।

यस्तै गरि सबभन्दा कम समय काममा बिताउने मानिसहरुमा जर्मनीका मानिसहरु पर्दछन् ।

आर्थिक सहयोग तथा विकाश (ओइसिडि) नामक संस्थाको तथ्याङकअनुसार मेक्सिकनहरु बर्षमा २ हजार २ सय ५५ घण्टा काम गर्दछन्, जस बराबर हप्तामा ४३ घण्टा हुन्छ । संस्थामा यसका सदस्यहरुमा ३५ ओट देशहरु सदस्य पर्दछन् ।

त्यसैगरी ग्रीस युरोपकै सबैभन्दा बढि समय काममा बिताउने कामदार भएको देश भएको छ । जहाँका मानिसहरु बर्षमा २ हजार ३५ घण्टा काम गर्दछन् । यसैगरी जर्मनका कामदारहरु बर्षमा १ हजार ३ सय ६३ घण्टा काम गर्दछन् । जुन मेक्सिकन कामदारको तुलनामा ८ सय ९२ घण्टा कम हो । यसका साथै अमेरीकाका मानिसहरु मध्यम अर्थात बर्षमा १ हजार ७ सय ८३ घण्टा काम गर्दछन्

फरक कार्य संस्कृति

कामदारहरुको कामप्रतिको आशा घट्नुमा विविध सांस्कृतिक मनोवृत्ति र सामाजिक आर्थिक कारकहरु महत्वपुर्ण भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ । मेक्सिकोमा लामो समयसम्मको बेराजगारिको डर तथा श्रम, कानुन संगको मिलेमतोको कारण कहीलेकाँही ४८ घण्टा काममा लादिन्छ ।
त्यसैगरि तथ्याङकको तेस्रो स्थानमा दक्षिण कोरिया रहेको छ । कामको घण्टाले आर्थिक विकाशमा सघाउ पुर्याउने तथ्याङकमा उल्लेख छ ।

तर यस्तो कामको घण्टा निर्धारण गर्ने प्रबृत्तिले कामदारको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले यस्तो प्रक्रियाले कामदारमा जन्मदर घट्ने, प्रजनन् क्षमतामा ह्रास आउने तथा आराम गर्ने अधिकारमा आँच आउने जस्ता समस्यहरु देखा पर्ने बताएका छन् ।
धेरै काम द्धारा हुने मृत्युको व्याख्याका बाबजुद औसत जापानिज कामदारहरु बर्षमा १ हजार ७ सय १३ घण्टा काम गर्दछन् जुन् ‘ओइसिडि’ को तथ्याङक भन्दा कम हो ।

कम काम – बढी उत्पादनशिल

ओइसिडि सदस्य राष्ट्रहरुमध्ये सबभन्दा कम समय काम गर्ने राष्ट्र जर्मनले आफ्नो उत्पादन क्षमता बढाएको पाइन्छ । औषत जर्मन कामदारहरु बेलायती समकक्षक भन्दा २७ प्रतिशत बढि उत्पादन गर्ने क्षमता राख्दछन् ।

नेदरल्यान्डस, फ्रान्स र डेनिसका कामदारहरु पनि कम समय काममा बिताउनेमा पर्दछन् । जसमा उनिहरु १ हजार ५ सय घण्टा मात्र काम गर्दछन् । ओइसीडि औषतको आधारमा डेनिस २ प्रतिशत कामदारहरु संसारमै आनन्दका साथ काम को सन्तुलन बनाउने कामदारमा पर्दछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL