Logo

अमेरिकाद्वारा ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क लागू, भारतमाथि २५ प्रतिशत कर

अमेरिकाद्वारा ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क लागू, भारतमाथि २५ प्रतिशत कर



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क (ट्यारीफ) घोषणा गरेका छन्। उनले यो निर्णय व्यापार सम्झौता गरिसकेका मुलुकहरूमा समेत लागू हुने गरी गरेका हुन्।

नयाँ शुल्क अनुसार अब सबै देशहरूमा न्यूनतम १० प्रतिशत शुल्क लाग्नेछ भने अमेरिकासँग व्यापार नाफा गरेका देशहरूमाथि १५ प्रतिशत वा सोभन्दा बढी दरमा शुल्क लागु हुनेछ। अधिकांश शुल्कहरू साउन २२ गते मध्यरातदेखि लागू हुनेछन्।

भारतमाथि २५ प्रतिशत शुल्क तोकिएको छ, जुन उच्च शुल्कको सूचीमा पर्छ। पाकिस्तान, भियतनाम र बङ्गलादेशमाथि भने क्रमशः १९, २० र २० प्रतिशत शुल्क तोकिएको छ। क्यानाडामाथि शुल्क २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याइएको छ।

ट्रम्प प्रशासनले यो कदम अमेरिकी उद्योग संरक्षण र व्यापार घाटा नियन्त्रण गर्नका लागि उठाइएको दाबी गरेको छ। अमेरिकी भन्सार तथा सीमाशुल्क विभागलाई नयाँ दरहरू संकलन गर्न समय मिलोस् भनेर शुल्क लागू गर्न केही दिनको समय दिइएको जनाइएको छ।

नयाँ दरअनुसार केही प्रमुख देशहरूमा लाग्ने शुल्क यस्तो छ :

अफगानिस्तान – १५ प्रतिशत

अल्जेरिया – ३० प्रतिशत

बङ्गलादेश – २० प्रतिशत

बोस्निया हर्जेगोभिना – ३० प्रतिशत

बोट्स्वाना – १५ प्रतिशत

ब्राजिल – १० प्रतिशत

ब्रुनाइ – २५ प्रतिशत

क्यानाडा – ३५ प्रतिशत

युरोपियन युनियन – १५ प्रतिशत

फिजी – १५ प्रतिशत

भारत – २५ प्रतिशत

इन्डोनेसिया – १९ प्रतिशत

इराक – ३५ प्रतिशत

इजरायल – १५ प्रतिशत

जापान – १५ प्रतिशत

कजाकिस्तान – २५ प्रतिशत

लाओस – ४० प्रतिशत

लिबिया – ३० प्रतिशत

मलेसिया – १९ प्रतिशत

मौरिसियस – १५ प्रतिशत

मोल्डोभा – २५ प्रतिशत

मोजाम्बिक – १५ प्रतिशत

म्यानमार – ४० प्रतिशत

न्यूजिल्याण्ड – १५ प्रतिशत

पाकिस्तान – १९ प्रतिशत

फिलिपिन्स – १९ प्रतिशत

सर्बिया – ३५ प्रतिशत

दक्षिण अफ्रिका – ३० प्रतिशत

दक्षिण कोरिया – १५ प्रतिशत

श्रीलंका – २० प्रतिशत

स्वीट्जरल्यान्ड – ३९ प्रतिशत

सिरिया – ४१ प्रतिशत

थाइल्याण्ड – १९ प्रतिशत

टर्की – १५ प्रतिशत

संयुक्त अधिराज्य (बेलायत) – १० प्रतिशत

भियतनाम – २० प्रतिशत

प्रतिक्रिया दिनुहोस्