Logo

लगातार बढ्दै स्वास्थ्य बीमा सेवा लिनेको संख्या, कुन वर्गका कति ?

लगातार बढ्दै स्वास्थ्य बीमा सेवा लिनेको संख्या, कुन वर्गका कति ?



काठमाडौं । नेपालमा स्वास्थ्य बीमा सेवा लिने लाभग्राहीको संख्या लगातार बढिरहेको पाईएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार हरेक बर्ष लाभग्राही संख्या बढिरहेको देखिएको हो । प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म मात्रै स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ४३ लाख ९५ हजार रुपैयाँ माथि छ ।
यो संख्या गत बर्षको यहि अवधिको तुलनामा उल्लेख्य बढी हो ।

प्रतिवेदन अनुसार गत आवको अन्त्यसम्ममा यस्तो सेवा लिने लाभग्राहीको संख्या ३८ लाख ७५ हजार जना थियो । साथै आर्थिक बर्ष २०७७/७८ मा १६ लाख ८८ हजार रहेको यस्तो संख्या आव २०७८/७९ मा बढ्दै २४ लाख २७ हजार नाघेको थियो । त्यसको पछिल्लो बर्ष आव २०७९/८० मा उक्त संख्या पनि बढेर ३१ लाख १६ हजार जना पुगेको प्रतिवेदनमा देखिन्छ ।

यो सेवा सबै स्थानीय तहहरुमा लागू भएपछि चालु आवको फागुनसम्ममा कुल बीमितमध्ये ४९.२ प्रतिशतले बीमा सेवा लिएका छन्। यो संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । । आर्थिक वर्ष २०८०÷८१ मा १३ लाख २९ हजारभन्दा बढी लक्षित वर्गका व्यक्तिहरू स्वास्थ्य बीमामा आबद्ध थिए । यो संख्या चालू आर्थिक वर्षको फागुनसम्म बढेर ६ लाख ५६ हजार १ सय ७९ पुगेको छ।

विशेष लक्षित वर्गको संख्यामा पनि परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख छ । छ। महिला स्वास्थ्य स्वयंसेविका परिवारको संख्या चालु आवको फागुनसम्म ५४ हजार ४ सय हुँदा ज्येष्ठ नागरिक परिवारको संख्या सबैभन्दा बढी ४ लाख ८१ हजार ८ सय ९० छ ।

यस्तै यसै अवधिसम्म एचआइभी संक्रमित परिवार संख्या २२ हजार, एमडीआरटीबी परिवार संख्या २ हजार, कुष्ठरोगी परिवार संख्या २ हजार ४ सय र अति सशक्त अपांग गरिवार संख्या ८३ हजार १ सय पुगेको छ ।
साथै यसै अवधिमा स्वास्थ्य बीमा कार्यक्रममार्फतको सेवा लिने अति गरिव परिवारसँख्या भने जम्मा ९ हजार हाराहारीमा मात्रै छ ।

हाल देशभर ४८५ स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य बीमामा आबद्ध छन्, जसमध्ये ८३ प्रतिशत सरकारी, १० प्रतिशत निजी, र ७ प्रतिशत सामुदायिक छन्। यो विविधताले सेवाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। स्वास्थ्य बीमा बोर्डले लक्षित वर्गको पहुँच सुनिश्चित गर्न थप नीति बनाउनुपर्ने र सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्