Logo

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा कंगाल बन्दै जनता, १० करोड अमेरिकी ‘मेडिकल लोन’को बोझमा

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा कंगाल बन्दै जनता, १० करोड अमेरिकी ‘मेडिकल लोन’को बोझमा



काठमाडौं । अमेरिकामा लाखौं मानिस उपचारको लागि ऋण लिन्छन् र उनीहरूसँग सो ऋण तिर्ने कुनै उपाय छैन । क्यान्सर रोग र उपचारको निरन्तर प्रक्रिया पछि सुरु भएको चिकित्सा खर्चले येन बाकोव्स्की र उनको परिवारको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो । चार वर्ष पछि, लामो बिलहरू, विलम्बित सूचनाहरू र रिकभरी चेतावनीहरू उनीहरुले सामना गरिरहेका छन् ।

laxmi

फ्लोरिडा शहरनजिकै बस्ने ५३ वर्षीय बाकोव्स्कीले रोयटर्ससँग भने, ‘अहिलेसम्म मलाई हरेक हप्ता १० देखि १२ चक्की पठाइएको छ । बाकोव्स्कीको स्वास्थ्य अहिले ठीक छ, तर परिवारको आम्दानीको एक चौथाइभन्दा बढी रकम गत वर्ष मेडिकल बिलमा खर्च भएको थियो । उनी अहिलेसम्म काममा फर्केकी छैनन् र सरकारी भत्ता पनि लिइरहेकी छिन् । गत जुन महिनामा २,६०० अमेरिकी डलरमा तिर्नुपर्ने दुई वटा बिल मिनाहा गर्न लागिएको पत्र पाएपछि बाकोव्स्की छक्क परेकी थिइन् ।

१० करोड अमेरिकीहरूको १९५ अर्ब डलरको बिल भुक्तानी गर्न सरकारले कुन पहल गरेको छ भन्ने बारे उनलाई थाहा थिएन । पिटरसन सेन्टर अन हेल्थकेयरका अनुसार अधिकांश मानिसमा १,००० डलरभन्दा कम ऋण छ, तर कम ज्याला वा अपांगता भएका व्यक्तिहरूमा बढी ऋण छ । यो एउटा यस्तो मुद्दा हो जसले कोभिड महामारीपछि बढी ध्यान पाएको छ । गोरा अमेरिकीको तुलनामा अश्वेत ऋणी हुने सम्भावना ५० प्रतिशत बढी छ । यस्तो अवस्थाको सामना गरिरहेका मानिसहरुको जीवनमा ऋण तिर्ने वा खाना र घरभाडाको बिल तिर्ने छनौटको विषय बन्छ । यति मात्र होइन, यसले क्रेडिट रेटिङमा असर पार्छ र मानिसहरुका लागि ऋण, बिमा वा घर लिने प्रक्रियालाई कठिन बनाउँछ ।

समस्या कहाँ छ ?

गत वर्ष अमेरिकी कन्जुमर फाइनान्सियल सेक्युरिटी ब्युरोको एक रिपोर्टअनुसार मानिसहरुले अन्य ऋणको तुलनामा मेडिकल लोनको योजना बनाउँदैनन् । उधारो लिने उनीहरूको क्षमतालाई ध्यानमा राख्दै धेरै विकल्पहरू पनि हुँदैनन् । बिमा नगरेका व्यक्तिहरू यस्तो ऋणमा डुब्ने खतरामा हुन्छन्, तर बीमा लिने व्यक्तिहरू पनि चिकित्सा ऋणबाट बच्न सक्दैनन् । एक थिंक ट्यांकको हेल्थ पोलिसी सेन्टरमा अनुसन्धान गर्ने माइकल कार्पम्यान भन्छन्, ‘समस्या भनेको सस्तो योजनाको प्रिमियम हुन्छ र मानिसहरुले उपचार खर्च बेहोर्न आफ्नै खल्तीबाट पैसा तिर्नुपर्छ बीमा कम्पनीले खर्च बेहोर्नु अघि । तर, उनीहरु यो पैसा दिन सक्ने अवस्थामा हुँदैनन् ।’

अमेरिकामा करिब १० करोड मानिस चिकित्सा अर्थात् स्वास्थ्यका लागि ऋणमा डुबेका छन् । यो संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था र सबैभन्दा राम्रो उपचार सुविधाहरूमा मानिसहरूको कंगालपनको पछाडिको एक प्रमुख कारण हो ।

मेडिकल लोन मानिसहरूका लागि मात्र होइन, अस्पतालका लागि पनि टाउको दुखाइको विषय हो । अमेरिकन हस्पिटल एशोसिएसनका कानुनसम्बन्धी प्रमुख सल्लाहकार मेलिन्डा ह्याटनका अनुसार नाफा कमाउन नसक्ने गैरनाफामूलक अस्पतालले सन् २०१९ मा करिब ५० अर्ब डलर प्राप्त गरेका छन् । यो सहयोगले केही फरक पार्न सक्छ, तर यसले बीमा कभरको अभाव वा मानिसहरूको खल्तीमा बोझ पार्ने योजनाहरू जस्ता चिकित्सा समस्याहरूबाट छुटकारा पाउन सक्दैन । जबसम्म यी समस्यालाई जरैदेखि उखेलेर फालिदैन, तबसम्म समस्याको समाधान हुन सक्दैन ।

कानूनी उपचार

ऋण माफी वा सहयोग दीर्घकालीन समाधान होइन, तर चिकित्सा ऋणको समस्या समाधान गर्न कानुनी परिवर्तनका लागि अभियान चलाउनेहरू पनि विवादमा छन् । डेब्ट कलेक्टिभका लागि काम गर्ने लिन्डसे मुनियाक भन्छिन्, ‘राहतका उपायहरू आवश्यक छन्, तर हामी यो पनि आशा गर्छौं कि यस्ता उपायहरूको पक्षमा हुनेहरूले यस परिस्थितिको कारण बनिरहेको पूर्वाधारमा ध्यान दिनेछन् ।’

अमेरिकाको मेरिल्याण्डराज्यमा पनि निःशुल्क स्वास्थ्य सेवाका लागि आयको सीमा परिवर्तन गर्न यस्तै कदम चालिएको थियो । कोही–कोही मानिसहरू यो पनि विश्वास गर्छन् कि विद्यमान कानूनहरू मानिसहरूलाई मद्दत गर्न सक्ने गरी प्रयोग गरिनुपर्छ । ऋणमा डुबेका जनतालाई बचाउन सामाजिक–कानुनी व्यवस्थाले धेरै तहमा काम गर्नुपर्ने हुन्छ । एउटा महत्वपूर्ण कुरा के हो भने ऋण लिनु लाजमर्दो कुरा होइन । त्यहाँ कुनै व्यक्तिगत समस्या छैन तर यो सम्पूर्ण प्रणालीको कुरा हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL