Logo

६ महिनामा झण्डै ७ खर्बको व्यापारघाटा, आयात निर्यात दुबै ओरालो

६ महिनामा झण्डै ७ खर्बको व्यापारघाटा, आयात निर्यात दुबै ओरालो



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले झण्डै ७ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्यांक अनुसार नेपालले ६ महिनामा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको हो ।

laxmi

यस अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने ३ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

पछिल्लो समय वस्तु आयात घट्दा नेपालबाट हुने निर्यातको व्यापारमा पनि संकुचन आएको छ । भन्सार विभागका अनुसार नेपालले पछिल्लो ६ महिनामा ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा ७.२३ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले ८० अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

यसरी आयात निर्यात दुबै ओरालो लाग्दा हाल नेपालको वैदेशिक व्यापारमा आयात निर्यात अनुपात १०.२५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL