Logo

पाँच महिनामा साढे ६ खर्बको वस्तु आयात, पौने ६ खर्ब व्यापारघाटा

पाँच महिनामा साढे ६ खर्बको वस्तु आयात, पौने ६ खर्ब व्यापारघाटा



काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ५ महिनामा मात्रै विदेशबाट झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालले विभिन्न देशबाट ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

laxmi

यो नेपालको कुल निर्यात व्यापारभन्दा झण्डै पौने ६ खर्ब रुपैयाँले बढी हो । अर्थात नेपालले यसै अवधिमा विदेशबाट उच्च वस्तु आयात गरी नेपालबाट न्युन वस्तु निर्यात गर्दा ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

यस अवधिमा नेपालले जम्मा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी हेर्दा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा यो बर्ष नेपालबाट हुने निर्यातको व्यापारमात्रै ६ प्रतिशतले घटेको छ । गत आवको यहि अवधिमा नेपालले ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिसकेको थियो । यस्तै यस अवधिमा गत आवको तुलनामा आयात र व्यापार घाटा पनि क्रमशः ३.३९ र ३.०९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL