Logo

यी २७ देशसँग गर्छ नेपालले नाफाको व्यापार, ४ महिनामा साढे ११ अर्बको खरिदविक्री साढे २ अर्ब नाफा

यी २७ देशसँग गर्छ नेपालले नाफाको व्यापार, ४ महिनामा साढे ११ अर्बको खरिदविक्री साढे २ अर्ब नाफा



काठमाडौं । नेपालले बर्षाैंदेखि वैदेशिक व्यापारमा घाटा व्यहाेर्दै आएको जगजाहेरै छ । यस्तो व्यापारघाटा कहिलेकसो त नेपालको बार्षिक बजेट बराबर नै पुग्छ । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ४ महिनामा पनि नेपालले ४ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । यस्तो घाटा खासगरी नेपालका छिमेकी मुलुक चीन र भारतसँग धेरै हुने गरेको छ । खुला सिमाना र व्यापार सहजीकरणका कारण यी दुई देशसँग मात्रै चालु आवको ४ महिनामा क्रमशः ९९ अर्ब ४१ करोड र २ खर्ब ८१ अर्ब रुपैयाँ बराबर छ ।

laxmi

यससँगै नेपालले १ सय १८ देशसँग घाटाको व्यापार गरिरहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । तर, नेपालले हालसम्म वैदेशिक व्यापार गर्ने मुलुकहरुसँग घाटाको मात्रै नभएर केहि देशहरुसँग नाफाको व्यापार पनि गर्ने गरेको छ ।

विभागकै तथ्यांकलाई आधार मान्दा चालु आवको पहिलो ४ महिनाको अवधिमा नेपालले विभिन्न २७ मुलुकहरुसँग नाफाको व्यापार गरेको छ । नाफाको व्यापार गरेको २७ मुलुकसँग मात्रै नेपालले पछिल्लो ४ महिनामा ११ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसमध्ये यी देशबाट ४ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरी ६ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तू ति देशमा पठाएको छ ।

नेपालले नाफाको व्यापार गरेका २७ देशबाट वस्तु कम आयात गरी बढी निर्यात गर्दा पछिल्लो ४ महिनामै यी देशसँगको व्यापारमा २ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

नेपालले यसरी नाफाको व्यापार गर्ने देशको पहिलो सूचीमा भने अमेरिका छ । अमेरिकासँग नेपालले ४ महिनामा १ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको नाफाको व्यापार गरेको छ । यो देशबाट नेपालले ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ६ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै यसै अवधिमा नेपालले डेनमार्कसँग ३० करोड ५० लाख, नेदरल्याण्डसँग ९ करोड, नर्वेसँग ४ करोड फिनल्याण्डसँग ६४ लाख रुपैयाँ बराबर नाफाको व्यापार गरेको छ । नेपालले यी देशसँगै स्लोभाकिया, आइसल्याण्ड, लाट्भीया, छड, सुडान, क्रोयशिया, माल्टा, जर्जीया, अरुवा, सिसेल्स, बर्मुडा, किर्जीकिस्तानलगायतका देशसँग नाफाको व्यापार गरेको भन्सार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL