Logo

भारतले भन्यो, गहुुँ, चिनीलगायतको वस्तु निर्यातमा लगाएको प्रतिबन्ध नेपालको लागि होइन

भारतले भन्यो, गहुुँ, चिनीलगायतको वस्तु निर्यातमा लगाएको प्रतिबन्ध नेपालको लागि होइन



काठमाडौं । भारत सरकारले गहुुँ, चिनी लगायत केही वस्तुहरूको निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएको प्रष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित औपचारिक भेटवार्ता कार्यक्रममा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले त्यस्ता बस्तुहरुमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका हुन् । ‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ,’ श्रीवास्तवले भने, ‘तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं ।’

laxmi

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताए । कार्यक्रममा अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए ।

साथै नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको समेत गोल्छाले बताए । लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले सोको निर्माणका लागि आग्रह गरेका थिए ।

त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको छ,’ गोल्छाले भने, ‘तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि भारतले सहयोग गर्नुपर्छ ।’

गोल्छाको विषयलाई सम्बोधन गर्दै राजदूत श्रीवास्वले सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवूद बनाउन भारत सरकार तयार रहेको बताए । ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याव स्थापना भएको, काठमाडौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको समेत उनले जानकारी दिए । ‘अर्को ल्याव उपयुक्त स्थानमा बनाउन मैले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको छु,’ उनले भने, ‘यसमा महासंघकातर्फबाट पनि समन्वयकारी भुमिकाको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL