Logo

गत वर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, हरेक महिना आयो १ खर्ब ४३ अर्ब

गत वर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, हरेक महिना आयो १ खर्ब ४३ अर्ब



काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको बार्षिक तथ्यांक अनुसार गत आवमा अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आवभरी यस्तो रेमिट्यानस १६ प्रतिशतले बढेको थियो ।
२०८२ असार महिनामा मात्रै विभिन्न देशबाट नेपालीहरुले १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पठाएको केन्द्रिय बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १ सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्