Logo

एक बोरा पैसामा एक झोला सामान ! विश्वभर महँगी उचाईमा, कुन देशमा कस्तो छ महँगीको दर ?

एक बोरा पैसामा एक झोला सामान ! विश्वभर महँगी उचाईमा, कुन देशमा कस्तो छ महँगीको दर ?



काठमाडौं । सरकारी तथ्यांकअनुसार पछिल्लो समय नेपालमा महँगी घटेको छ । तर, उपभोक्ता भने बजार भाउ अचाक्ली भएको भन्दै दैनिक गुजारा चलाउन पनि हम्मेहम्मे परिरहेको बताउँछन् । नेपाल राष्ट्र बैंकले चैत्र २८ गते प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोही अवधिको तुलनामा मूल्यवृद्धि घटेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ फागुन महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

विश्वमा कस्तो छ अवस्था ?

नेपालको सबैभन्दा नजिकको छिमेकी भारतमा मुद्रास्फीति दर गत वर्ष १२ मध्ये ११ महिनामा ६ प्रतिशतभन्दा माथि रह्यो । यो आरबीआईको सन्तोषजनक स्तर (दुई देखि छ प्रतिशत) माथि हो । यसलाई रोक्न सरकार र आरबीआईले विभिन्न कदम चालेका छन् । जसका कारण मार्चमा मुलुकमा मुद्रास्फीति ५.६६ प्रतिशत रहेको थियो । विश्वका धेरै देशहरूमा मुद्रास्फीति चरम सीमामा छ । वल्र्ड अफ स्ट्याटिस्टिक्सका अनुसार विश्वमा सबैभन्दा बढी मुद्रास्फीति दक्षिण अमेरिकी देश अर्जेन्टिनामा रहेको छ । त्

यहाँ मुद्रास्फीतिको दर १०४ प्रतिशत छ । यो भारतको तुलनामा करिब २० गुणा बढी हो । सबैभन्दा कम मुद्रास्फीति दर चीनमा मात्र ०.७ प्रतिशत छ । विश्वका धेरै देशहरूमा मुद्रास्फीति भारतभन्दा बढी छ । उही समयमा, धेरै देशहरूमा मुद्रास्फीति दर भारतको तुलनामा कम छ। कोरोना महामारीयता विश्वभर मुद्रास्फीति निकै बढेको छ । यद्यपि सकारात्मक कुरा यो छ कि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना अब विश्वव्यापी महामारी नरहेको बताएको छ ।

वल्र्ड अफ स्ट्याटिस्टिक्सका अनुसार टर्की विश्वमा सबैभन्दा बढी मुद्रास्फीति भएका देशहरूको सूचीमा दोस्रो स्थानमा छ । त्यहाँ मुद्रास्फीति दर ४३.६८ प्रतिशत छ । पाकिस्तानमा मुद्रास्फीति अप्रिलमा ३६.४ प्रतिशत पुगेको छ, जुन सन् १९६४ यताकै उच्च हो । अर्कोतर्फ, श्रीलंकामा मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतमा झरेको छ ।

धेरै आर्थिक समस्यासँग लडिरहेको बेलायतमा मुद्रास्फीतिको दर १०.१ प्रतिशत रहेको छ । त्यस्तै इटालीमा ८.३ प्रतिशत, जर्मनीमा ७.२ प्रतिशत, दक्षिण अफ्रिकामा ७.१ प्रतिशत, अष्ट्रेलियामा ७ प्रतिशत, मेक्सिकोमा ६.८५ प्रतिशत र फ्रान्समा ५.९ प्रतिशत मुद्रास्फीति दर रहेको छ ।

यस्तै नेदरल्याण्डमा मुद्रास्फीति दर ५.२ प्रतिशत, अमेरिकामा ५ प्रतिशत, ब्राजिलमा ४.६५ प्रतिशत, इन्डोनेसियामा ४.३३ प्रतिशत, क्यानडामा ४.३ प्रतिशत, स्पेनमा ४.१ प्रतिशत, दक्षिण कोरियामा ३.७ प्रतिशत, रुसको ३.५ प्रतिशत रहेको छ । जापानमा ३.२ प्रतिशत, साउदी अरेबिया २.७ प्रतिशत अमेरिका र २.६ प्रतिशत स्विजरल्याण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL