Logo

९ महिनामा १२ खर्बको वस्तु आयात, व्यापारघाटा झण्डै ११ खर्ब

९ महिनामा १२ खर्बको वस्तु आयात, व्यापारघाटा झण्डै ११ खर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना अर्थात गत साउनदेखि चैत मसान्तसम्म नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले उक्त परिमाणको वस्तु आयात गरेको हो ।

laxmi

यो आयात गत आवको सोही अवधिको तुलनामा भने १८ प्रतिशतले कम हो । यस अवधिमा नेपालले वस्तु निर्यात भने जम्मा १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको मात्रै गरेको छ । नेपालले यस अवधिमा गरेको कुल वस्तु निर्यात पनि गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशतले कम हो ।

यसरी नेपालले वस्तु आयात उच्च र निर्यातको व्यापार न्युन गर्दा पछिल्लो ९ महिनामा मात्रै झण्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्नुपरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL