Logo

८ महिनामा साढे १० खर्बको आयात, साढे ९ खर्बको व्यापारघाटा

८ महिनामा साढे १० खर्बको आयात, साढे ९ खर्बको व्यापारघाटा



काठमाडौं । चालू आर्थिक बर्षको ८ महिना अर्थात गत साउनदेखि फागुन मसान्तसम्म नेपालले साढे १० खर्ब बढीको मालवस्तु आयात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनामा नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने १९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ८ अर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको थियो ।

यस्तै नेपालले उच्च आयात र न्युन निर्यातका कारण ८ महिनाकै अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ । नेपालले व्यहोर्ने व्यापारघाटा पनि गत आवको सोही अवधिको तुलनामा भने १७ प्रतिशतले घटेको छ । नेपालले गत आवको यहि अवधिमा ११ खर्ब ६० अब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

आयात र व्यापारघाटामा २० प्रतिशतभन्दा कमले घट्दा नेपालले गर्ने निर्यातको व्यापारमा २९ प्रतिशतको गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आवको ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन गत आवको यहि अवधिमा नेपालले १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको गरिसकेको थियो । भन्सार विभागका अनुसार हाल नेपालले गर्ने कल वैदेशिक व्यापार गत आवको यहि अवधिको तुलनामा २० प्रतिशतले घट्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११ प्रतिशतले घटेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL