Logo

चाडपर्व अघि नै ५० प्रतिशत छुटमा २० हजार टन चिनी ल्याउने सरकारको निर्णय, ६० हजार टन आवश्यक

चाडपर्व अघि नै ५० प्रतिशत छुटमा २० हजार टन चिनी ल्याउने सरकारको निर्णय, ६० हजार टन आवश्यक



काठमाडौं । सरकारले २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले चाडपर्वलाई लक्षित गरेर २० हजार टन चिनी ल्याउदा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।

laxmi

नजिकिएका चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्यान्न ब्यवस्थापन तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिएर १०/१० हजार मेट्रिक टन चिनी आयत गर्न स्विकृत गर्ने निर्णय गरिएको हो ।

सरकारले अहिले चिनीमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ । यस्तोमा मन्त्रिपरिषद्ले २० हजार टन चिनी आयात गर्न दुईवटा कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले चाडपर्वका लागि ६० हजार टन चिनी आयात अनुमति मागेको थियो । तर सरकारले नेपाली बजारमा अहिले पर्याप्त चिनी रहेकाले बजार मूल्यमा हस्तक्षेपका लागि २० हजार टन मात्रैका लागि भन्सारमा सहुलियत दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL