Logo

महँगीले ७ करोड जनतालाई गरिब बनाउने, आगामी वर्ष २०२२ भन्दा कठिन : आईएमएफ

महँगीले ७ करोड जनतालाई गरिब बनाउने, आगामी वर्ष २०२२ भन्दा कठिन : आईएमएफ



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समस्या अझै बढ्ने र अर्को वर्ष स्थिति अझ खराब हुन सक्ने बताएको छ । आइएमफकी प्रमुख क्रिस्टिलिना जर्जिएभाले आफ्नो एक ब्लगमा सन् २०२२ कठिन र २०२३ अझ कठिन हुने बताएकी छन् ।

laxmi

उनका अनुसार उच्च मुद्रास्फीतिबाट छिट्टै मुक्ति नहुने र यसका कारण विश्वका गरिब मुलुकका थप ७ करोड जनता चरम गरिबीको चपेटामा पर्नेछन् ।
उनले ब्लगमा बढ्दो मुद्रास्फीति र केही देशले खाद्यान्नमा प्रतिबन्ध लगाएकाले खाद्यान्नको समस्या बढ्ने बताएकी छन् । ‘अधिकांश गरिब देशहरूले पाँच प्रतिशतभन्दा बढी मुद्रास्फीतिको सामना गरिरहेका छन् र तिनीहरूको अवस्था आगामी दिनमा अझ खराब हुन सक्छ, जसले धेरै देशहरूमा समाजको स्तरमा अस्थिरता निम्त्याउन सक्छ’, उनले भनेकी छन्

आईएमएफ प्रमुखका अनुसार अहिले विश्वका लागि सबैभन्दा ठूलो चिन्ताको विषय भनेको बढ्दो मुद्रास्फीति हो। आईएमएफको अनुमान अनुसार सन् २०२२ मा विकसित देशहरूमा मुद्रास्फीति दर ५.७ प्रतिशत हुनसक्छ । यससँगै विकासोन्मुख देशहरूमा मुद्रास्फीति दर ८.७ प्रतिशत हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL