Logo

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, यस्तो भयो स्वाप र सिइओमा सहमति

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, यस्तो भयो स्वाप र सिइओमा सहमति



काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबी मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच एक आपसमा मर्जरमा जानको लागि शनिबार प्रारम्भिक समझदारी भएको हो ।

प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संचालक चिरन्जीबी द्वाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

दुई इन्स्योरेन्सको स्वाप रेसियो १००ः७० कायम गर्ने समझदारी भएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स हुने र प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्चित बज्राचार्य प्रभुबाट र अध्यक्षमा अजोडबाट अजाद श्रेष्ठ बन्ने छन् ।

प्रभु इन्स्योरेन्स एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो । बीमा कम्पनीलाई बीमा समितिले चुक्तापुँजी वृद्धि गर्न बाध्यकारी निर्देशन जारी गरेपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् ।

अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड रहेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ छ । दुई संस्था मर्जर भएपछि पनि चुक्तापुँजी बीमा समितिले तोके अनुसारको पुग्दैन । मर्जपछि यी दुई कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ मात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL