Logo

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मन्दीतर्फ उन्मुख, अन्य देशलाई कस्तो असर पर्ला ?

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मन्दीतर्फ उन्मुख, अन्य देशलाई कस्तो असर पर्ला ?



काठमाडौं । वश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीका पूर्व संकेतहरु देखिन थालेका छन् । अमेरिकामा अहिले मुद्रास्फीति चरम सीमामा छ, ब्याज दर बढिरहेको छ र रियल स्टेटको व्यापार लगातार घटिरहेको छ । सन् २०२२ को पहिलो त्रैमासमा अमेरिकाको जीडीपी पनि घटेको छ । अमेरिकी शेयर बजारका लागि पनि अप्रिल महिना निकै खराब रह्यो । अप्रिल २००८ अक्टोबर पछि नास्डाकको लागि सबैभन्दा खराब महिना रह्यो भने एसएण्डपीको लागि मार्च २०२० पछिको सबैभन्दा खराब समय रह्यो । जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ । यो मन्दीको संकेत भएको विज्ञहरूले बताइरहेका छन् ।

laxmi

तर, धेरै अर्थशास्त्रीहरूले अहिले अमेरिकामा तत्काल मन्दीको खतरा नरहेको बताउँछन् । तर, जनताले यसको महसुस गर्न थालेका छन् । गत महिना गुगलमा ‘मन्दी’ को खोजमा ठूलो उछाल आएको थियो । यदि अर्थतन्त्रमा लगातार दुई त्रैमासिकमा गिरावट जारी रहन्छ भने, यसलाई मन्दी भनिन्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका मन्दीको चपेटामा पर्यो भने त्यसको असर सम्पूर्ण विश्वमा पर्ने देखिन्छ । सन् २००८ मा लेहमन ब्रदर्स संकटका कारण अमेरिकामा मन्दी आएको थियो भने मार्च २०२० मा कोरोना महामारी (कोभिड–१९) को प्रकोपले विश्वभरका शेयर बजार तहसनहस बनाएको थियो ।

अप्रिलको अन्तिम कारोबार दिन शुक्रबार नास्डाक ४.२ प्रतिशतले घटेको छ । एएण्डपीले (एसएण्डपी ५००) लगभग ३.५% गुमायो भने डाउ ९४० अंक अर्थात वा ४.७ % घट्यो । शुक्रबार नै अमेरिकामा मुद्रास्फीतिको तथ्याङ्क पनि आएको छ । कोर व्यक्तिगत व्यय मूल्य सूचकांक गत वर्षको तुलनामा ५.२ प्रतिशतले बढेको छ । यसले अमेरिकी अर्थतन्त्रमा संकटको संकेत गरिरहेको छ । रुस र युक्रेनबीच चलिरहेको रुस युक्रेन युद्धका कारण विश्वभर वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ । यसले दोस्रो त्रैमासमा कम्पनीहरूको कार्यसम्पादनमा पनि असर पार्न सक्छ ।

अर्कोतर्फ चीनको अर्थतन्त्र पनि कमजोर बन्दै गएको छ । कोरोनाका कारण धेरै सहरमा लकडाउनको अवस्था छ । यसले विश्वभरको आपूर्ति श्रृंखलालाई असर गरेको छ । यसले विशेषगरी बहुराष्ट्रिय कम्पनीलाई असर गरिरहेको छ । नास्डाक अब बियरिसको अवस्थामा छ र यसको उच्च स्तरबाट ४३ प्रतिशत तल छ । एसएण्डपी ५०० यसको उच्चबाट १३% तल छ र डाउ यसको रेकर्ड उच्चबाट १०% तल छ । बैंक अफ अमेरिकाका विश्लेषकहरूले यस वर्षको लागि एसएण्डपी ५०० पूर्वानुमान १०० अंकले घटाएर ४५०० बनाएका छन् । परिसूचक अझै १० प्रतिशतले घट्न सक्ने उनीहरुको भनाइ छ । यसले गर्दा अमेरिकामा मन्दीको सम्भावना एक तिहाइले बढ्ने छ ।

यद्यपि धेरै अर्थशास्त्रीहरूले अमेरिकामा मन्दीको तत्काल सम्भावना नरहेको बताएका छन् । एनबीसी न्यूजका अनुसार, प्यान्थियोन म्याक्रोइकोनोमिक्स अनुसन्धान समूहका मुख्य अर्थशास्त्री इयान शेफर्डसनले जीडीपी तथ्याङ्कको बारेमा एउटा नोटमा ‘यो केवल हल्ला हो, संकेत होइन । अर्थतन्त्र मन्दीमा जाँदैन’, भनेका छन् । कमर्सियल बैंकका प्रमुख अर्थशास्त्री बिल एडम्सले पनि उपभोक्ता खर्च, लगानी र रोजगारी वृद्धि स्वस्थ रहेको बताएका छन् ।

तर धेरै विज्ञहरू अमेरिकी अर्थतन्त्रका लागि धेरै चुनौतीहरू रहेको विश्वास गर्छन् । वित्तीय सेवा समूह आईएनजीका प्रमुख अन्तर्राष्ट्रिय अर्थशास्त्री जेम्स नाइटलीले भनेः “हामी यस्तो अवस्थामा छौं जहाँ तेल र खाद्यान्नको मूल्य बढेको कारणले जनताको दैनिक खर्च बढेको छ र आम्दानी पनि त्यो अनुसार बढिरहेको छैन । भर्खरैको उपभोक्ता तथ्यांकले पनि बढ्दो मुद्रास्फीतिबाट मानिसहरू चिन्तित रहेको देखाउँछ । अमेरिकामा धेरै वर्षदेखि ब्याजदर निकै कम छ, तर चाँडै यो अवस्था परिवर्तन हुँदैछ । फेडरल रिजर्भले अर्को हप्ता फेरि ब्याजदर बढाउने संकेत दिएको छ ।’

यस्तोमा बेरोजगारी बढ्न सक्ने विज्ञहरुको भनाइ छ । यी संकेतहरु यथार्थमा परिणत भए देशमा बेरोजगारी बढ्ने र तलब वृद्धिको गति सुस्त हुन सक्ने विज्ञहरुले बताएका छन् । कतिपय अर्थशास्त्रीहरूले मुलुकमा ४० वर्षकै चरम उत्कर्षमा पुगेको मुद्रास्फीति लामो समयसम्म कायम रहने बताउँछन् । बैंक अफ अमेरिकाले गत हप्ता आफ्ना ग्राहकहरूलाई तत्काल मन्दीको जोखिम कम रहेपनि २०२३ मा बढ्न सक्ने उल्लेख गरेको छ । बैंकले मुद्रास्फीतिले फेडलाई ब्याज दर बढाउन बाध्य पार्न सक्ने भएकाले पनि सन २०२३ मा मन्दीको खतरा रहेको औंल्याएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL