Logo

रुस-युक्रेन द्धन्द्धको प्रभाव विश्वका धनीहरुको सम्पत्तिमा, मस्कले गुमाए एकैदिन १६ खर्ब रुपैयाँ

रुस-युक्रेन द्धन्द्धको प्रभाव विश्वका धनीहरुको सम्पत्तिमा, मस्कले गुमाए एकैदिन १६ खर्ब रुपैयाँ



काठमाडौं । विश्वका सबैभन्दा ठूलो धनी एलोन मस्कलाई बुधबार १३.३ अर्ब डलर (नेपाली करीब १६ खर्ब रुपैयाँ ) झट्का लागेको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति अहिले २०० बिलियन डलरभन्दा कममा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति ७१.१ बिलियन डलरले घटेको छ। गत वर्ष नोभेम्बर ४ मा मस्कको कुल सम्पत्ति ३४०.४ बिलियन डलर पुगेको थियो तर, त्यसयता १४० अर्ब डलरभन्दा बढीले घटेको छ।

laxmi

रूस र युक्रेन बीचको बढ्दो तनावले विश्वभरको शेयर बजारलाई डुबाएको छ र मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लालाई पनि असर परेको छ। टेस्लाको सेयर बुधबार लगातार चौथो दिन घट्यो र सेप्टेम्बरयताकै न्यून स्तरमा पुग्यो। यसले मस्कको नेटवर्थमा ठूलो गिरावट ल्यायो। यद्यपि उनी अझै पनि १९८.८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

बेजोस दोस्रो नम्बरमा

अमेजनका संस्थापक जेफ बेजोस १६९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन् । गत वर्ष अप्रिलमा उनको कुल सम्पत्ति २०० अर्ब डलर नाघेको थियो र यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो अर्बपति बनेका थिए । तर त्यसयता उनको नेटवर्थ घट्दै गएको छ । बेजोसको कुल सम्पत्ति यस वर्ष २२.९ बिलियन डलरले घटेको छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार फ्रान्सेली व्यापारी तथा विश्वको सबैभन्दा ठूलो विलासी सामान कम्पनी एलभीएमएच मोएट हेनेसीका अध्यक्ष बर्नार्ड अर्नाल्ट १५५ बिलियन डलरसहित यो सूचीमा तेस्रो र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स १२२ बिलियन डलरसहित चौथो नम्बरमा छन्। ।

वारेन बफेटबाहेक सबैको सम्पत्ति घट्यो

वारेन वफेटबाहेक विश्वका धनीहरुको शीर्ष १० मा रहेका सबै अर्बपतिहरूको कुल सम्पत्ति यस वर्ष घटेको छ। बफेटको कुल सम्पत्ति ३.४ बिलियन डलरले बढेको छ । यसैबीच फेसबुकका मार्क जुकरबर्ग ७५.४ बिलियन डलरको सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा १४ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति यस वर्ष ५० अर्ब डलरभन्दा बढीले घटेको छ ।

अमेरिकी कम्प्युटर वैज्ञानिक तथा इन्टरनेट उद्यमी ल्यारी पेज ११४ अर्ब डलरको सम्पत्तिसहित पाँचौं, प्रख्यात लगानीकर्ता वारेन बफेट ११२ अर्ब डलरको सम्पत्तिसहित छैटौं, गुगलका सह(संस्थापक सर्गेई ब्रिन ११० अर्ब डलरको सम्पत्तिसहित सातौ स्थानमा छन् ।अमेरिकी व्यापारी तथा लगानीकर्ता स्टिभ बाल्मर १०१ बिलियन डलरसहित सातौं, १०१ अर्ब डलरको कुल सम्पत्तिसहित आठौं र ९० अर्ब डलरको कुल सम्पत्तिसहित नवौं स्थानमा ल्यारी एलिसन छन्।

यसैबीच एशिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका अर्बपतिको सूचीमा १० औं स्थानमा छन् । बुधबार, उनको कुल सम्पत्ति ४ टडछ मिलियन डलरले ६८.५ करोड डलरमा घट्यो र ८९ं९ बिलियन डलर रहेको छ । अदानी समूहका अध्यक्ष गौतम अडानी ८७ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ नम्बरमा छन् । बुधबार उनको कुल सम्पत्ति १.६८ बिलियन डलरले बढेको छ । यो वर्ष उनको कुल सम्पत्ति १०.५ अर्ब डलरले बढेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL