Logo

धनीका कुरा : ३ सय अर्ब डलर क्लबमा मस्क एक्लै, एलिसनलाई एकै दिनमा १५ अर्ब डलरको नोक्सान

धनीका कुरा : ३ सय अर्ब डलर क्लबमा मस्क एक्लै, एलिसनलाई एकै दिनमा १५ अर्ब डलरको नोक्सान



काठमाडौं । विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा निकै फेरबदल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनीहरू चलाउने एलोन मस्क अब ३०० अर्ब डलरको क्लबमा एक्लै छन् । उनी ३७१ अर्ब डलरका साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यस वर्ष उनको कुल सम्पत्ति ६१.४ अर्ब डलरले घटेको छ ।

मंगलबार, विश्वका शीर्ष १० धनी व्यक्तिहरूको कुल सम्पत्ति घटेको छ । फ्रान्सका बर्नार्ड अर्नाल्ट र वारेन बफेट मात्र नाफामा रहे । यस सूचीमा, फेसबुकका मार्क जुकरबर्ग (४२६४ अर्ब) तेस्रो, जेफ बेजोस (४२४९ अर्ब) चौथो, ल्यारी पेज (४१८० अर्ब) पाँचौं, स्टिभ बाल्मर (४१७५ अर्ब) छैटौं, सर्गेई ब्रिन (४१६९ अर्ब) सातौं, अर्नाल्ट (४१६१ अर्ब) आठौं, जेन्सन हुआङ (४१५३ अर्ब) नवौं र वारेन बफेट (४१४६ अर्ब) दशौं नम्बरमा छन् ।

एलिसनलाई ठूलो धक्का

यसैबीच सफ्टवेयर कम्पनी ओरेकलको शेयर लगभग ६% ले घटको छे । यसले कम्पनीका संस्थापक र पूर्व सीईओ ल्यारी एलिसनलाई १५ अर्ब डलरको घाटा भयो । ओरेकलमा एलिसनको ४० प्रतिशतभन्दा बढी हिस्सा छ । एलिसनको कुल सम्पत्ति अहिले २८६ अर्ब डलर छ । यस वर्ष उनको कुल सम्पत्ति ९४.४ अर्ब डलरले बढेको छ । लगभग ३७ वर्षसम्म ओरेकलको नेतृत्व गरेपछि एलिसनले सेप्टेम्बर २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । अब उनी कम्पनीको अध्यक्ष र प्रमुख प्रविधि अधिकारी हुन् ।

यसैबीच, मंगलबार भारतीय शेयर बजारमा वृद्धि भएसँगै मुकेश अम्बानी र गौतम अडानीको कुल सम्पत्तिमा वृद्धि भएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्ति ३.०३ अर्ब डलरले बढ्यो र उनी फेरि १०० अर्ब डलरको क्लबमा सामेल भएका छन् । यस वर्ष उनको कुल सम्पत्ति १२ अर्ब डलरले बढेको छ । उनी धनीहरूको सूचीमा १७ औं स्थानमा पुगेका छन् । अडानीको कुल सम्पत्ति २.३२ अर्ब डलरले बढेर ७९.६ अर्ब डलर पुगेको छ । उनी विश्वका धनीहरूको सूचीमा २० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This