काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ ।
युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ । चीनसँग जोडिएको यो देशमा धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । यस देशमा ७६०,०० मानिसहरूको सम्पत्ति १० लाख डलरभन्दा बढी छ भने प्रति वयस्क औसत सम्पत्ति ३१२,०७५ डलर छ । ताइवानको जनसंख्या लगभग २.३१ करोड छ ।
युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार धनीहरूको जनसंख्या द्रुत गतिमा बढिरहेको देशहरूमा टर्की दोस्रो नम्बरमा छ । एक समय युरोपको बिरामी भनिने टर्कीले हालैका वर्षहरूमा आश्चर्यजनक प्रगति गरेको छ । एक अनुमान अनुसार, टर्कीमा करोडपतिहरूको जनसंख्या गत एक वर्षमा ७,००० वा ८.४ प्रतिशतले बढेको छ । देशमा करोडपतिहरूको संख्या अहिले ६८,००० पुगेको छ र २०२८ सम्ममा ८७,०७७ पुग्ने अपेक्षा गरिएको छ ।
टर्कीपछि यो सूचीमा काजकिस्तान छ । यस मध्य एसियाली देशमा २०२३ मा करोडपतिहरूको संख्या लगभग ४४,३०७ थियो जुन २०२८ सम्ममा ६०,८७४ पुग्ने अपेक्षा गरिएको छ । विश्वको सबैभन्दा ठूलो इस्लामिक देश इन्डोनेसियामा पनि करोडपतिहरूको जनसंख्या द्रुत गतिमा बढिरहेको छ र यो यस मामिलामा जापानभन्दा अगाडि छ । दक्षिण कोरिया, इजरायल, मेक्सिको, थाइल्याण्ड र स्वीडेन पनि करोडपतिहरूको संख्या द्रुत गतिमा बढिरहेको शीर्ष १० देशहरूमा पर्छन् ।