Logo

कोरोना खोपको विस्तार गर्न विश्व बैंकको पौने ९ अर्ब सहुलीयत ऋण सहयोग, ७२ प्रतिशत नेपालीमा खोप पहुँच पुर्याइने

कोरोना खोपको विस्तार गर्न विश्व बैंकको पौने ९ अर्ब सहुलीयत ऋण सहयोग, ७२ प्रतिशत नेपालीमा खोप पहुँच पुर्याइने



काठमाडौं । कोरोना भाइरसको महामारी विरुद्धको खोपको पहुँच वृद्धि गर्न विश्व बेंकले नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकार र विश्व बैंकका पदाधिकारीबीच जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोरोना विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्नेगरी ७ करोड ५० लाख अमेरिकी डलर अर्थात ८ अर्ब ७० करो रुपैयाँ बराबर सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका यो सहयोग ऋणले समयसान्दर्भिक सहयोग पुग्ने अर्थ सचिव ढुंगानाले जानकारी दिए । उनले कोभिड–१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्ध खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुने बताए ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको ३ अर्ब ३० करोड नेपाली रूपैंया बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यो थप आर्थिक सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन ।

यस्तै वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपुर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड–१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL