Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ८७ हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ८७ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबर छापावाला सुन तोलाको ८७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL