Logo

आज पनि घट्यो सुनको भाउ, तोलामा ५ सय रुपैयाँले सस्तियो

आज पनि घट्यो सुनको भाउ, तोलामा ५ सय रुपैयाँले सस्तियो



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुनको भाउमा प्रतितोला आज ५ सय रुपैयाँ घटेर ८९ हजार तीन सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

laxmi

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।

तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL