Logo

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ ।

laxmi

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL