Logo

राज्यले सबै नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्दैछ, स्रोत जुटाउन समस्या छैन : अर्थमन्त्री पौडेल

राज्यले सबै नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्दैछ, स्रोत जुटाउन समस्या छैन : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले निशुल्क कोरोना खोप उपलब्ध गराउने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

laxmi

उनका अनुसार राज्यले नै सबै नागरिकहरुलाई निशुल्क कोरोना विरुद्धको खोपको व्यवस्था गरेको छ । यसका लागि स्रोत जुटाउनसमेत कुने समस्या नभएको उनले जानकारी दिए । ‘राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन ।

खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको छ,’ उनले भने, ‘सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको छ ’

प्रतिक्रिया दिनुहोस्
MBL