Logo

कोरोना बीमा दावीको भुक्तानी ३ दिनभित्र गर्न अर्थमन्त्रालयको निर्देशन, दैनिक विवरण मन्त्रालयमा पठाउनुपर्ने

कोरोना बीमा दावीको भुक्तानी ३ दिनभित्र गर्न अर्थमन्त्रालयको निर्देशन, दैनिक विवरण मन्त्रालयमा पठाउनुपर्ने



काठमाडौं । बीमा कम्पनीहरुले हालसम्म कागजात पुरा भएका कोरोना बीमाका दावी भुक्तानी ३ दिनभित्रमा गर्नुपर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार बसेको बैठकले हालसम्म कागजात पुरा भएका दावी भुक्तानी ३ दिनभित्र गर्नेगरी त्यसको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले बढी लगाएको गुनासो आएपछि कागजात पुरा भएमा ३ दिनभित्रै भुक्तानी गर्नुगर्ने निर्णय गरेको अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसअघि बीमा दावीको ७ दिनभित्र दावी भुक्तानी गर्नेगरी निर्देशन दिएपछि उक्त निर्देशनको समेत बीमा कम्पनीहरुले पालना गरेको देखिदैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तै बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीका प्रतिवेदनहरु र तथ्यांकसमेत मन्त्रालयमा पठाएको पाईँदैन ।’ सोहीअनुसार अब बीमा कम्पनीहरुले कागजात पुगीसकेका कोरोना बीमा दावीको ३ दिनभित्रै भुक्तानी गर्नुपर्नेगरी मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै मन्त्रालयले भेरिफिकेसन हुन बाँकी दावीको समेत यथासिघ्र भेरिफिकेसन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तै मन्त्रालयले हालसम्म कति दावी भुक्तानी भए, कति भेरिफिकेसन गर्न बाँकी, कति दावी पेन्डीङमा छन्लगायतका तथ्यांकहरुसमेत मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL