Logo

निजामती कर्मचारीको स्वास्थ्य बीमा अब बीमा बोर्डमार्फत, सामाजिक सुरक्षा कोषमा जोडिन नपर्ने

निजामती कर्मचारीको स्वास्थ्य बीमा अब बीमा बोर्डमार्फत, सामाजिक सुरक्षा कोषमा जोडिन नपर्ने



काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग नभई स्वास्थ्य बीमा बोर्डसँग मात्र आबद्ध गर्ने व्यवस्था हुने भएको छ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पारित गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डमार्फत योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागु गर्ने प्रावधान गरिएको छ।

यसअघि सरकारले प्रस्तुत गरेको विधेयकको दफा ५२ मा निजामती कर्मचारी तथा उनका परिवारका सदस्यको उपचार खर्चका लागि सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने व्यवस्था गरिएको थियो। प्रतिनिधि सभाले सो दफामा संशोधन गर्दै ‘सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोष’ शब्द थपेको थियो। त्यसअनुसार, ऐन बनेको खण्डमा निजामती कर्मचारीले सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषमार्फत स्वास्थ्य बीमा सुविधा पाउने व्यवस्था हुने थियो।

तर, राष्ट्रिय सभाले प्रतिनिधि सभाको निर्णय उल्टाउँदै, उक्त प्रावधानलाई स्वास्थ्य बीमा बोर्डमार्फत मात्र लागू हुने गरी संशोधन गरेको हो।

प्रतिक्रिया दिनुहोस्